काठमाडौं, १६ असार। नेकपाका शीर्ष नेताहरुले भारतले आफूलाई हटाउन थालेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति जवाफ मागेका छन्। वरिष्ठ नेताहरुले भारतले हटाउन थालेको भए त्यसको प्रमाण पेश गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्।
पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित उपाध्यक्ष बामदेव गौतमले भारतले हटाउन थालेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति जवाफ मागेका हुन्।
गत आइतबार बालुवाटारमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा आफूलाई भारतले हटाउन थालेको र त्यसमा मुलुकभित्रैका केही नेताहरु पनि सक्रिय रहेको प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको यो अभिव्यक्तिले जनतामा निराशा पैदा गर्ने भएकोले वास्तविकतामा आधारित भए पुष्टि गर्न नेताहरुले आग्रह गरेका हुन्। प्रधानमन्त्रीको यो अभिव्यक्तिको विपक्षी दलहरुसहित सत्तापक्षकै नेताहरुले आलोचना गरिरहेका छन्।



लोकपाटी न्यूज

