चितवनमा थप २९ जनामा कोरोना पुष्टि

coronavirus-test-kiti
लोकपाटी न्यूज

चितवन, १५ असार। चितवनमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अस्पतालले आफ्नो फेसबुक पेजमार्फत् अपडेट गराउँदै थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

आज थपिएका कोरोना संक्रमितहरु अर्घाखाँचीबाट ११ जना पुरुष, खैरहनी नगरापालिका वडा नं. २ र ३ चितवन बस्ने वर्ष ३२ र वर्ष २७ का दुई जना महिला, गोदावरी न.पा.कैलाली वस्ने वर्ष ३५ का पुरुष १ जना, भरतपुर महानगरपालिका वडा नं. १५ र १६ चितवन बस्ने वर्ष २१ र २३ का पुरुष २ जना र पाल्पा जिल्लाबाट वर्ष १६ देखि वर्ष ५५ सम्मका विभिन्न उमेर समूहका १३ जना पुरुषको कोभिड–१९ पुष्टि भएको हो।

परिक्षण गरिएका ५३५ नमूना मध्ये २९ वटा नमुनाको कोभिड–१९ पुष्टि भएको छ र बाँकी ५०६ वटा नमूनाको नतिजा नेगिटिभ रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्