काठमाडौं, १४ असार। जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था संविधानमा नभएको बताएका छन्। आफ्नै पार्टीले बाहेक अरुले हटाउन सक्ने संविधानमा व्यवस्था नभएको बताएका हुन्।
आइतबार प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी भएपछि दिल्ली शक्तिले आफूलाई हटाउन खाजेको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति लगत्तै नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरबाट यस्तो जवाफ दिएका हुन्।
भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘बहुमत प्राप्त प्रमलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।’ ‘तर अहिले हटाए नक्सा छापेको कारणले हुने? भोलि सलहले दुःख दिएको बेला हुने? पछि बाढी पहिरो आएको बेला हुने? अलिपछि दशैं तिहारको बेला हुने ? अनि जाडोको बेला हुने?’ उचित बेला चाही कैले रहेछ हँ?’ भन्दै भट्टराईले प्रधानमन्त्री ओलीप्रति व्यंग्य गरेका छन्।
बहुमत प्राप्त प्रम@kpsharmaoli लाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।तर अहिले हटाए नक्सा छापेको करणले हुने! भोलि सलहले दुख दिएको बेला हुने! पछि बाढीपैरो आएको बेला हुने! अलिपछि दशैंतिहारको बेला हुने! अनि जाडोको बेला हुने!उचित बेला चैं कैले रच हँ?
— Baburam Bhattarai (@brb1954) June 28, 2020



लोकपाटी न्यूज

