काठमाडौं, १४ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताएका छन्। मदन भण्डारीको जन्मजयन्तीमा आइतबार बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महँगा गाडी खरिदमा हुने गरेको विरोधतर्फ लक्षित गर्दै साइकल चलाउन नआउने बताएका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति हिँड्ने गाडी जाँदाजाँदै बाटोमा स्टार्ट बन्द हुने खालको हुन नहुने बताए।
प्रधानमन्त्री ओलीले भने,‘मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो। उहाँकी धर्मपत्नी अहिले गाडीमा हिँड्नुहुन्छ भन्दै आलोचना हुने गरेको छ। मदन भण्डारीको धर्मपत्नीले साइकल चलाउनै जान्नुहुन्न।’
‘राष्ट्रपति १६ करोडको गाडीमा हिँड्ने गरेको सुनिन्छ तर १६ करोडको गाडी नेपालमा आउँछ कि आउँदैन भनेर वास्तविकता जान्न कसैले खोज्दैन।’ प्रधानमन्त्री ओलीले भने।



लोकपाटी न्यूज

