नेपाल–भारतबीच भिसा प्रणाली लागू गरौं : वामदेव गौतम

Bamdev gautam
फाइल तस्बिर
लोकपाटी न्यूज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकका क्रममा पार्टीका उपाध्यक्ष क.वामदेव गौतमले २०७७ असार १३ गते राखेको धारणा।

(१) पार्टीको निर्णय र सर्वदलीय सहमतिमा भारतद्वारा अतिक्रमित नेपाली भूमी कालापानी लिपुलेक र लिम्पियाधुरा समेत समेटिएको नेपालको नयाँ नक्सा जारी गरी संघीय संसदका दुवै सदनवाट सर्वसम्मतिमा पारित गरेर सार्वजनिक गरेकोमा नेपाल सरकार, सबै राजनीतिक पार्टी दुवै सदन र सम्पूर्ण नेपाली जनतामा हार्दिक धन्यवाद बधाई र आभार प्रकट गर्छु।

(२) सिंगो राष्ट्रलाई एकतावद्ध गरी अतिक्रमित भूमिसहितको नेपालको नयाँ नक्सा जारी गरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएको छ। भारतीय सेनाा नेपाली भूमिवाट हट्दासाथ हामीले १०० प्रतिशत विजय हासिल गर्नेछौं।

(३) यसै सनदर्भमा गरिएको महाकाली नदीको एकीकृत विकास सम्वन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजकको ह्वीप उल्लंघन गरेको आरोपमा म सहितका १६ जना एमालेका शीर्षस्थ नेताहरुलाई पार्टीबाट अन्यायपूर्वक निष्काशन गरिएको थियो। पार्टी विरोधी भनेर हामीलाई लगाइएको आरोप सहित पार्टीबाट निश्कासन गर्ने त्यस बेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस्।

(४) अब ढिला नगरी नेपाल भारतबीच रहेको खुल्ला सीमाना वन्द गरी प्रवेषाज्ञा प्रणाली लागू गर्नुपर्छ। प्रवेषाज्ञा भने निःशुल्क उपलव्ध हनुपर्छ। सीमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्छ।

(५) हाम्रा दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौं, कल्पना पनि गर्न सकिन्न। सबै समस्या शान्तिवार्ताबाट नै समाधान गर्नुपर्छ।