किलोको २० रुपैयाँमा सलह खरिद गर्ने प्रदेश ५ सरकारको निर्णय

salaha
पुरानो तस्वीर
लोकपाटी न्यूज

अस्मिना पाण्डे/ बुटवल, १३ असार। प्रदेश नम्बर ५ रुपन्देहीमा शनिबार एकाएक आकाशमा कीराहरु उडेको दृश्य देखियो। कृषि विज्ञहरुले नेपालमा यो कीरा आउने सम्भावना नभएको प्रतिवेदन बुझाएको थियो।

तर विज्ञको अनुसन्धान फेल खायो। आखिर ठूलो संख्यामा आकाशमा देखिएको कीराको समूह सलह कीरा भएको पुष्टि भएको छ। सलह प्रवेश गरेको पुष्टि भएसँगै प्रदेश ५ सरकारको विपत बैठकले सलह कीरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ। प्रदेश ५ मा शनिबार सलह कीरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो।

‘सलह कीराले पु¥याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं’ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका प्रबक्ता बिनोद घिमिरेले बताए।

घिमिरेले भन्छ्न, ‘सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले नगद दिने छन्। यो विषयमा हामीले स्थानीय तहलाइ खबर गरिसकेका छौं। सलह कीरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ कति यहाँ यहा क्षेत्रमा बस्छ कति बाहिरिन्छ अहिले भन्न सकिँदैन आजै पाल्पाको तानसेन नगरपालिका सम्म पुगेको खबर आएको उनले भने।

यो कीरा नियन्त्रण र न्यूनीकरणका लागि मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्