अस्मिना पाण्डे/ बुटवल, १३ असार। सलह किरा प्रदेश नम्बर ५ को रुपन्देहीमा पनि भेटिएको आशंका गरिएको छ। प्रदेश २ का बारा र पर्सा जिल्लामा सलह किरा देखिएसँगै प्रदेश नम्बर ५ मा पनि प्रवेश गरेको आशंका गरिएको हो।
प्रदेश ५ को रुपन्देही जिल्लासँग भारतीय सीमा जोडिएका क्षेत्रमा पनि सलह किरा भेटिएको आशंका गरिएकोले त्यस क्षेत्रका कृषि ज्ञान केन्द्रलाई परिचालित गरिएको प्रदेश नम्बर ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले बताए।
प्रवक्ता घिमिरेका अनुसार किसानहरुबाट किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।अहिले सलह किरा हो वा होइन भन्ने विषयमा ३ वटै तहको बैठक बसिरहेको र साँझसम्म नतिजा आउने उनले बताए। ‘सानो समूहको झुण्ड आएको भन्ने छ यदि हो भने त्यसलाइ तितरबितर पारेर कसरी क्षति कम गर्न सकिन्छ र कुन प्रजातीको हो भन्ने पत्ता लाग्छ।’ घिमिरेले भने ।



लोकपाटी न्यूज
