थप ५ सय ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार नाघ्यो

corona doctor
लोकपाटी न्यूज

काठमाडौं, १३ असार। नेपालमा आज थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्।

प्रवक्ता गौतमले ७७ वटै जिल्लामा कोरोना संक्रमण पुगेको जानकारी गराएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ।

यस्तै आज मात्रै १३६ जना कोरोना संक्रमित निको भई घर फर्किएको जनाइएको छ। यससँगै कोरोनाको उपचारपछि निको भई घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ।

त्यस्तै आज थप एक जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष रहेका छन्। उनको आज भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्