रमेश भुसाल/ पश्चिम नवलपरासी, १३ असार। पश्चिम नवलपरासीको परासीमा जनमत पार्टीका सात जना केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेका छन्। पार्टी परित्याग गर्नेहरुमा केन्द्रीय सदस्यहरु कैलाश महतो, ध्रुव प्रसाद कहार गौड, राजमति पासवान नवलपरासी, सतिला यादव सिराहा, दिनेश प्रासद यादव बारा, सञ्जय कुमार शाह पर्सा,र हकिकुल्लाहा मुसलमान कपिलवस्तु रहेका जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश महतोले बताए।
नेपाल सरकार र डा. सीके राउतबीच भएको ११ बुँदे सहमति जस्तो प्रतिष्ठित र बहुचर्चित सहमति नभएको आफूखुसी वाहियात प्रचार गरी स्वतन्त्र मधेश गठबन्धनका नेता कार्यकर्तालाई भ्रममा राखि एकल निर्णय गर्ने र पार्टीमा समेत तानाशाही रबैया प्रदर्शन गरी आफ्ना आफन्तहरुलाई मात्र साथमा लिई स्वतन्त्र मधेश गठबन्धनले कार्य गरिरहेको विषयम परिस्थितिमा अनेक यातना समेत भोगेका नेता कार्यकताहरुलाई पाखा लगाई परिवारवाद, नातावाद, कृपावादलाई पार्टीभित्र हावी राखेको उनीहरुको आरोप रहेको छ।
डा. सीके राउतले आफ्नै घमण्ड वडप्पन, दबदबा र देवत्व कायम राख्न संगठनभित्र गुट उपगुट, आमसभाका मञ्चहरु समेतमा आफू भन्दा थोरै पनि फरक विचार राख्नेहरुलाई स्थान नदिने कार्य गर्नुका साथै नेकपा र उसको तानशाही सरकारद्धार मधेश विरुद्धको नागरिकता विधेयक विरुद्ध घोषणा गरिएको राष्ट्रिय आन्दोलन समेतमा विना सरसल्लाह आफ्नै अहंकारमा अडिक रहेर नेता कार्यकर्तामाथि आन्दोलन गर्न निर्देशन दिनु पनि लोकतात्रिक पद्धति विपरितको राजनीति चरित्र रहेको कुराले पार्टी परित्याग गरेका नेताहरुको ठहर रहेको छ।
मधेशका लागि कुनै न कुनै रुपमा लड्दै आएका मधेस आधारित पार्टीहरु समेतको मान मर्दन गर्ने मानसिकता समेतबाट थकित भएर जनमत पार्टी परित्याग गरि मधेस र मधेशीको मुक्ति, स्वाधीनता र नैसर्गिक अधिकार प्राप्तिको लागि राज्यसँग निरन्तर लड्ने समेत घोषणा गरेको जनमत पार्टीका केन्द्रीय कैलास महतोले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
सोहि अवसरमा जनमत पार्टीमा केन्द्रीय सदस्यहरुहरुले पार्टी परित्याग गरेसँगै डा.सीके राउतको तानाशाह चरित्रका कारण स्वतन्त्र मधेश गठबन्दन तथा जनमत पार्टीको सामाजिक र राजनैतिक रुपमा समेत क्षति पुगेको भन्दै जिल्ला कार्यसमतिका दुई सदस्य वाहेक अरु जिल्ला अध्यक्ष श्रीकृष्ण यादवसहित सवैले आजैदेखि सामूहिक राजीनामा दिएको घोषणा गरेका थिए।




लोकपाटी न्यूज

