स्याङ्जामा थप २२ जनामा कोरोना पुष्टि

coronavirus-test-kiti
लोकपाटी न्यूज

स्याङजा, १३ असार। स्याङ्जामा थप २२ जना कोरोना संक्रमित थपिएका छन्। अर्जुनचौपारी गाउँपालिकाका मात्र १९ जनामा संक्रमण पुष्टि भएको हो।

१२ महिने बालकसहित १५ जना पुरुष र ६ जना महिलामा कोरोना भाइरस पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए।

शनिबार बिहान अर्जुनचौपारी गाँउपालिकाका १९ जनामध्ये १२ महिने बालकसहित ९, २७, ३६, १८, ३०, २५, २२, ३८, ३८, २२, ४१, ८ वर्षीय पुरुष र २०, १२, २५, २९, १०, १४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसैगरी, पुतलीबजार नगरपालिकाका ४२ वर्षे, बिरुवा गाउँपालिकाका २३ वर्षे र वालिङका २६ वर्षे पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार थपिएकासंगै स्याङ्जामा संक्रमितको संख्या १५९ पुगेको छ। मध्ये २२ जना निको भएर घर फर्किएका छन् भने दुई जना संक्रमितको मृत्यु भएको छ।

उनीहरु सबै जना भारतबाट स्याङजा आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेकालाई संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमूख यामप्रसाद शर्माले जानकारी दिए। उनीहरुलाई जिल्लाको आइशोलेसनमा राखिने भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्