बुटवल, १२ असार। कलाकार दिपक परियारको शुक्रबार यूनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा १० कान्छिबजारमा बस्दै आएका परियारले शुक्रबार बिहान आत्महत्याको प्रयास गरेका थिए।
आफू बस्दै आएको घरको कोठामा रहेको सिलिङ्ग फेनमा झुण्डिएको अवस्थामा देखेपछि उनकी श्रीमती र छिमेकीले तत्काल उपचारका लागि अस्पताल लगेका थिए। दिपकको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मँगलापुरका प्रमूख लक्ष्मण थापाले जानकारी दिए।
कान्छि बजारमा रहेको आफ्नो श्रीमतीका दिदी भिनाजुको घरमा बस्दै आएका ३२ वर्षीय दिपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य समेत रहेका छन्। विहिबार मात्रै नयाँ गीत रेकर्ड गराएको उनका आफन्तले बताए। घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। दिपकको शवलाई पोष्टमार्टमका लागि भैरहवाको भिम अस्पतालमा राखिएको छ।



लोकपाटी न्यूज
