नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित

CPN_meetinG-baluwatar_DOJBrs3rFV
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, १२ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्। प्रधानमनत्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टीभन्दा पनि अहिले सरकारको काममा बढी ध्यान दिनुपर्ने भएकाले बैठकमा अध्यक्ष ओली अनुपस्थित भएका हुन्। आजदेखि बाँकी सदस्यहरुले आफ्ना धारणा राख्नेछन्।

बुधवारको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहा प्रचण्डले सम्बोधन गरेका थिए। स्थायी कमिटी बैठकमा आज वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमले कडा रुपमा ओलीको आलोचना गर्ने तयारी गरेका छन्।

बैठक सञ्चालनको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाइसकेकाले ओली बैठकमा अनुपस्थित भएको बताइएको छ। यसअघिको स्थायी कमिटीमा पनि बैठक सञ्चालनको जिम्मेवारी ओलीले प्रचण्डलाई सुम्पेका थिए।

कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधानसहित अन्य विषयलाई बैठकमा एजेन्डाका रुपमा राखिएको छ। पार्टी एकताका कामहरु, एमसीसी र विविध विषय पनि छलफलको सूचीमा राखिएको छ। नेकपा स्थायी कमिटीमा आमन्त्रितसहित ५१ सदस्य छन्।