रमेश भुसाल/ पश्चिम नवलपरासी, १२ असार। सामुदायिक विद्यालयहरुलाई उत्कृष्ट बनाउन विद्यालय व्यवस्थापन समिति नगर सञ्जाल सुनवल र नेपाल शिक्षक महासंघ नगर समिति सुनवल यतिवेला अभियानमै जुटेका छन्।
जसअन्तर्गत सुनवल नगरपालीका भित्र रहेको सामुदायिक विद्यालयहरुमा नर्सरीदेखि कक्षा ५ सम्ममा पुस्तकहरु निशुल्क वितरण र अन्य कक्षाहरुमा समेत पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत प्राइभेट पब्लिकेशनका पुस्तकहरु सहुलियत रुपमा वितरण गरिएको प्रत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ। विद्यार्थीहरुलाई निशुल्क र सहुलियत रुपमा वितरण गरिएका पुस्तकहरु ४० प्रतिशत छुटमा ल्याईको समेत जानकारी गराईएको थियो।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्नका लागि भौतिक संरचना, मन्टेश्वरी सञ्चालन, यातायातको व्यवस्था, शुद्ध खानेपानी, कोभिड-१९ को विषम परिस्थीतिमा समेत प्रविधिबाट पढाई सञ्चालन जस्ता अभियानहरुलाई अगाडि वढाएकोमा पुस्तकहरु निशुल्क र सहुलियत रुपमा वितरणको तयारी गर्दा कतिपय पुस्तक व्यावसायिहरु र निजि विद्यालय बोडिङ सञ्चालकद्धारा सर्वसाधारण परिवारका बालबालिकाहरुको गुणस्तरीय शिक्षा पाउने अवसरमाथि कुठराघात हुने गरी अवरोधजन्य र असहयोगका क्रियाकलाप गरेकोमा पत्रकार सम्मेलनमार्फत् घोर भत्र्सना समेत गरिएको थियो।
पत्रकारहरुको जिज्ञासा मेटाउने क्रममा विद्यालय व्यवस्थापन समिति सुनवल नगर सञ्जालका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले राज्यको लागानीलाई खेरा जान नदिने गरी सुनवलमा रहेका शैक्षिक सरोकारवालाहरु मिलेर सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधार गरी सुनवललाई शैक्षिक हवकै रुपमा अगाडि वढाउने गरी अभियानमा जुटेको बताए।
त्यस्तै नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम पाण्डेले सुनवल नगर भित्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सम्भवत नगरहरुमा पहिलो भएको भन्दै अभियानलाई आगाडि बढाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई समेत गोलबन्द गरी मासिक रुपमा बैठक गर्ने र विद्यालयका प्रधानाध्यापकसँग पनि संगै बैठक वस्ने गरेकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअको समेत राम्रो सञ्चारका कारण सद्भावको विकास भई सुनवलको शैक्षिक विकासमा टेवा पु¥याएको जानकारी दिए।
सरकारी विद्यालयमा नेपाली माध्यामबाट पढाइ हुने र सवैको चासो अंग्रेजी माध्यममा रहेको र अंग्रोजी भाषालाई महत्व दिएकाले विद्यार्थीहरुलाई सरकारी विद्यालयमा फर्काउने सम्भावनाका साथ विभिन्न सञ्जाल गठन गर्दै, विभिन्न अभियानहरु संचालन गर्दै अहिले नगर भित्रका सवै विद्यालयहरुमा अंग्रेजी माध्ययमबाट पढाई हुने मानविय स्रोत लागायत अन्य व्यस्थापन गरेको रमावपुर मावि विद्यालय व्यावस्थापन समितका अध्यक्ष खड्ग वस्नेतले पत्रकार सम्मेलनमा बताए।
पत्रकार सम्मेलनमा नगर शिक्षक महासंघका सचिव रमेश पौडेल,विद्यालय व्यवस्थापन समिति नगर संजालका उपाध्यक्ष राम वहादुर क्षेत्री, सुनवल नगरपालीका शिक्षा समिति सदस्य राम प्रसाद ढकाल, नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष भविश्वर पाण्डेय, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष भविश्वर चापागाईले पत्रकारहरुको जिज्ञासाको जवाफसहित आफ्नो धारणा राखेका थिए। त्यसैगरी विद्यालय व्यवस्थापन समिति नगर संजाल सचिव ज्ञानहरी अर्याल, नेपाल राष्ट्रिय शिक्षक संगठन नगरका उमानाथ सुवेदी लगायत सुनवल नगरक्षेत्रका विद्यालय व्यवस्थापन समतिका अध्यक्षहरु, प्रधानाध्यापकहरु साथै पत्रकारहरुको उपस्थीती रहेको थियो।



लोकपाटी न्यूज

