काठमाडौं, १२ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्दैछ। पाँचौं स्थायी कमिटीको दोस्रो बैठक केहीबेरमा बालुवाटारमा बस्न लागेको हो।
बैठकमा सात वटा एजेण्डामा छलफल हुनेछ। यसअघि बुधवार बसेको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेका थिए। सरकारको कामकारबाहीप्रति असन्तुष्ट अधिकांश स्थायी कमिटी सदस्यहरू सरकारविरुद्ध कडा आलोचना गर्ने तयारीमा छन्।
बुधवारको बैठकमा अध्यक्ष प्रचण्डले सरकार सञ्चालनमा असन्तुष्टि पोखेका थिए। उनले आलोपालो सहमति छाडेर गल्ती गरेको बताएका थिए। शुक्रवारको बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल बोल्ने सम्भावना छ।



लोकपाटी न्यूज

