बागलुङ, १२ असार। बागलुङको निसीखोलामा एक वडा अध्यक्ष गाँजा बनाउने कच्चा पदार्थसहित पक्राउ परेका छन्।
निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती गाँजा बनाउने कच्चा पदार्थसहित पक्राउ परेका हुन्।
वडाध्यक्ष घतीलार्ई बिहिबार राति इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्सपेक्टर प्रकाशसिंह भण्डारीको टोलीले पक्राउ गरेको हो।
उनलाई जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए।



लोकपाटी न्यूज

