काठमाडौं, ११ असार। नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेका ५० वर्षका पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका एक अधिकारीका अनुसार मृत्यु हुने पुरुष चितवनका रहेका छन्। केही महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएका यी पुरुषको पाटन अस्पतालको आइसोलेसनमा उपचार हुँदै थियो।
आजमात्र अर्का एक जनाको पनि कोरोनाबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ।



लोकपाटी न्यूज

