मेक्सिकोमा शक्तिशाली भूकम्प, सातको मृत्यु

Earthquack
लोकपाटी न्यूज

काठमाडौं। मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको बताइएको छ। मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको हो।

उक्त शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक रुपमा खुलेको बताइएको छ। बुधबार मेक्सिको सरकारले सो भूकम्पबाट कम्तीमा पनि सात जनाको मृत्यु भएको बताइएको छ। बुधबार दिइएको प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण सात जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। साथै अधिकारीहरुले सो भूकम्पबाट कम्तीमा पनि दुई हजार घरहरु भत्किएको जनाएका छन्।

भूकम्पबाट जोगिन यहाँका कैयौं मानिस घरबाहिर भागेका र यसका कारण ठूलो संख्याका नागरिक घाइते भएका स्थानीय अधिकारीहरुले बताएका छन्। मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा करिब ७०० किलोमिटर टाढाको ओक्जाका शहरमा सो भूकम्पले बढी क्षति पु¥याएको बताइएको छ।