काठमाडौं, ९ असार। नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कर्णाली प्रदेशमा आज १ जनाको मृत्यु भएको हो।
कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत दैलखको दुल्लु नगरपालिका ३ का ३५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
मंगलबार महाशाखाका प्रमूख डा. लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गरे।



लोकपाटी न्यूज

