पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध

pahiro nag mug
फाइल फोटो
लोकपाटी न्यूज

तनहुँ, ९ असार । तनहुँको आँबुखैरेनीस्थित ऐना पहरा नजिकै सडकमाथिबाट खसेको पहिरोले सडक पूर्ण रुपले अबरुद्ध भएको छ। डोजरले पहिरो पन्छ्याउने काम भइरहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

केहिदिन देखिको निरन्तर वर्षाका कारण पृथ्वी राजमार्ग अबरुरद्ध हुँदै आएको छ। पहिरोले सडक अबरुद्ध भएपछि गण्डकी प्रदेश तथा अन्य जिल्ला जाने सवारी साधनहरु बीच बाटोमै अलपत्र पर्दै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्