अस्मिना पाण्डे/ बुटवल, ८ असार। १० औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कोरोना संक्रमणको जोखिम हुँदा हुदै पनि भौतिक दूरी कायम गरी रगतको अभाव हुन नदिनका लागि दिवसको अवसर पारेर रक्तदान गरिएको समूहका अध्यक्ष राधिका श्रेष्ठले बताइन्।
रक्तदानबाट ९० युनिट रगत संकलन भएको छ। रक्तदान कार्यक्रममा फलफूल, जुस लगाएतका खानेकुराको सहयोग समाजसेवी जमुना मल्ल र नारायण शर्माले गरेका थिए।
रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सञ्चार केन्द्रका प्राविधिक निरञ्जन श्रेष्ठ, समाजसेवी जमुना मल्ल,नारायण शर्मा, मानव अधिकारको लागि महिला एकल महिला समूहका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो।



लोकपाटी न्यूज

