रमेश भुसाल/ पश्चिम नवलपरासी, ८ असार। पश्चिम नवलपरासीको सुनवलमा आज बिहान थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप भएका कोरोना संक्रमितहरुमा एक महिला र चार पुरुष रहेका छन्।
संक्रमण पुष्टि हुनेमा सुनवल वडा नम्बर १ का २६ वर्षिय पुरुष, वडा नम्बर ११ मा ४१ वर्ष , वडा नम्बर ९ मा २४ वर्ष, वडा नम्बर १० मा ३१ वर्षका पुरुषहरुमा संक्रमण पुष्टि भएको हो भने वडा नम्बर ३ कि ५६ वर्षिय एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमूख गौरब ढकालले जानकारी दिए।
उनिहरु सवै क्वारेन्टाइनमा बसेका र सबैका सबै स्थीत राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला टेकुमा परिक्षण गरिएको हो। योसंगै सुनवलमा कोरोना संक्रमितको सङख्या ३२ पुगेको छ भने यो समाचार संकलन गर्दा सम्म जिल्लामा संक्रमितको सङख्या ७९ पुगेको छ।



लोकपाटी न्यूज

