वडिमालिका नगरपालिकाको नगरसभा भिडियोमार्फत् सम्पन्न

pic
लोकपाटी न्यूज

राजेन्द्र बि.क/ बाजुरा, ८असार। जिल्ला सदरमुकाम मार्तडीमा रहेको वडिमालिका नगरपालिकाले सञ्चालन गरेको नगरसभा भिडियोमार्फत् सञ्चालन भएको छ।

आर्थिक वर्ष २०७७/०७८ का लागि नगरपालिकामा आएको चालु र पूँजीगत डल्लो बजेटलाई विभिन्न कार्यक्रम तथा योजनामा विनियोजन गर्न सञ्चालन गरिएको नगरसभा सफलतापूर्वक सम्पन्न भएको बडिमालिका नगरपालिका वडा न.५ का वडा अध्यक्ष बलबहादुर थापाले जानकारी दिए।

नगरप्रमूख पदम बडुवालले आफ्नै कार्यकक्षबाट भिडियोमार्फत् निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमूख कविता विष्टले आफ्नै कार्यकक्षबाट बजेट जारी गरेकी थिइन्।

वडिमालिकाका नगरपालिकाका ४ वडाका प्रतिनिधिको सहभागिता नगरकै एउटा हलमा सामाजिक दूरी कायम गरी रहेको थियो भने अन्य वडाका प्रतिनिधिको सहभागिताा सामाजिक दूरी कायम गरी फरक-फरक हलमा सुरक्षित तरिकाले सञ्चालन गरिएको प्रमूख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले बताए। स्वास्थ्य र शिक्षालाई बजेट्मा मुख्य जोड दिइएको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्