चितवनमा थप ५ जनामा कोरोना पुष्टि

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

चितवन, ८ असार। चितवनमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। माडी नगरपालिकाका ४ जना र भरतपुर महानगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

भरतपुरको कोरोना अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिका वडा नं. २, ५, ६ र ८ मा एक–एक जना संक्रमित फेला परेका छन्। उनीहरु ४७, २८, ३४ र ३२ वर्षका पुरुष रहेका छन्।

त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नम्बर २८ मा २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुरस्थित प्रयोशालाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्