काठमाडौं, ८ असार। पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा २३ लाख ५६ हजार ६ सयमा संक्रमण पुष्टि भएको छ। त्यहाँ ४ लाख ७० हजार ६ सयको ज्यान गएको छ।
विश्वमा कोरोना संक्रमितको संख्या ९० लाख ४५ हजार नाघेको छ। वर्लडओमिटरका अनुसार संक्रमितको संख्या ९० लाख, ४५ हजार ६ सय ४ छ। सङ्क्रमित धेरै हुने देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ। ब्राजिलमा सङ्क्रमित व्यक्तिको संख्या झण्डै १० लाख ८७ हजार पुगेको छ। सङ्क्रमित र ज्यान गुमाउने व्यक्तिहरूको संख्या बढे पनि ब्राजिलमा राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू खुल्न थालिसकेका छन्।
रुसमा ५ लाख ८४ हजार सङ्क्रमित छन्। त्यहाँ ८ हजार १ सयको ज्यान गएको छ। छिमेकी भारतमा झण्डै ४ लाख २७ हजारमा संक्रमित पुष्टि भएको छ। भारतमा १३ हजार ७ सय जनाले ज्यान गुमाएका वर्लडओमिटरले जनाएको छ। विश्वमा कोरोना संक्रमित ९० लाख ४५ हजार मध्ये ४८ लाख ३८ हजार बढी निको भएका छन्।



लोकपाटी न्यूज

