आइतबारको राशिफल : कुन-कुन राशिका लागि शुभ छ ?

rasifal-5-2
लोकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नसोचेको ठाउँ बाट धन हात पर्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ। नयाँ काम वा रोजगार पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज छोटो दुरीको लाभदायी यात्रा रहला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ। वैदेशिक कार्य अघी बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्योदय हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यसिद्धि हुने अवसर मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्