घोराही उपमहानगरपालिकाद्वारा चार विद्यालय समायोजन

Public School
लोकपाटी न्यूज

दाङ, ६ असार। घोराही उपमहानगरपालिकाले चार विद्यालयलाई नजीकैको अर्को विद्यालयमा समायोजन गरेको छ। विद्यार्थी संख्या न्यून रहेकाले ती विद्यालयलाई समायोजन गरिएको उपमहानगरपालिका, शिक्षा, युवा तथा खेलकूद महाशाखाले जनाएको छ।

महाशाखाका प्रमूख विनोद गौतमले नगरपालिका बैठकको निर्णयानुसार घोराही ६को प्रावि गुरुवा गाउँलाई सोही वडाको मावि जजरागाउँ र प्रावि पक्वैलाई जयशेर माविमा समायोजन गरिएको जानकारी दिए।

त्यस्तै वडा नम्बर १८ को प्रावि मसिनालाई सोही वडाको मावि रझेना, वडा नं ७ को प्रावि घुस्रालाई सोही वडाको मावि सौडियार र वडा नम्बर १२ को प्रावि पेदाको कक्षा ४ लाई मावि हापुर विजौरीमा समायोजन गरिएको गौतमले जानकारी दिए।

विद्यालयको समायोजन पत्रानुसार उपमहानगरले निर्णय लिएको महाशाखाले जनाएको छ। महाशाखाले विद्यालयमा रहेका विद्यार्थी सङ्ख्याका आधारमा गत पुसमा उपमहानगरपालिकाभित्र शिक्षक दरबन्दी मिलान गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्