नेकपा सचिवालय बैठक सम्पन्न

sachiwalaye meeting
लोकपाटी न्यूज

काठमाडौं, ६ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नागरिकता विद्येयकको विषयमा छलफल भएको थियो।

आजको बैठकमा वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको र सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रष्ठले जानकारी दिए।

२०७५ सालेदखि संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकमा यसअघि राज्यव्यवस्था समितिमा रहेका सदस्यहरुलाई बोलाएर नेकपाका अध्यक्षद्वयले छलफल गरेका थिए। सबै सांसदहरुले सातवर्षको अवधिपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने बताएका थिए।

निकै लामो परामर्श भएपछि थप निर्णय गर्न सचिवालयलाई जिम्मा दिइएकोमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने नेकपा सचिवालले निष्कर्ष निकालेको छ।