काठमाडौं, ६ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै सचिवालयका अरु सदस्यहरुको उपस्थिति छ।
बैठकमा लामो समयदेखि विवादमा रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहित समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन् भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदलको सुझाव अनुसार अगाडि बढ्नुपर्ने अडानमा छन्।
प्रचण्डसहितका नेताले कार्यदलले बनाएको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने बताउँदै आएका छन्। कार्यदलले तयार पारेको प्रतिवेदनमा एमसीसी परिमार्जन गरेर मात्र संसदबाट पारित गर्नुपर्ने सुझाव दिइएको छ।



लोकपाटी न्यूज

