काठमाडौं, ५ असार। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आफू जागिर खानमात्र मन्त्री नबनेको बताएका छन्। एक अनलाइनसँगको अन्तर्वातामा मन्त्री भुसालले आफू दुइटा कुराका कारण मन्त्री भएको बताएका हुन्।
उनले भने, ‘म दुइटा कुराका कारण मन्त्री भएको थिएँ– एउटा, पार्टीमा कार्यविभाजन गरेर पार्टी र सरकारका सम्बन्धहरू राम्रा बन्छन्, पार्टी र सरकार जहाँसुकै रहँदा पनि काम गर्ने सबैलाई राम्रो वातावरण बन्छ भन्ने थियो । दोस्रो, त्यही दिन साँझ प्रधानमन्त्रीले मलाई ‘कृषि धेरै बिग्रेको छ, धेरै समस्या छन्, तपाईंले सम्हाल्नुहोस्’ भन्नुभयो । पार्टी र सरकारबीच राम्रो एउटा समझदारी बन्छ र राम्ररी काम गरेर जानुपर्छ भन्ने मान्यता थियो। तर भनेअनुसार भएन। तर यहाँ आएर मैले राम्ररी बुझें। कृषि बिग्रेकै रहेछ। त्यसमा केही गर्न सकिन्छ भन्ने मलाई लागेको थियो र सकिन्छ भन्नेमा यो बीचमा आश्वस्त भएँ। कृषिका ऐतिहासिक समस्या, राजनीतिक विचारधारात्मक व्यवस्था र समस्या बुझें।
उनले आफू सरकारमा हुँदा इमानदारीपूर्वक स्वाभिमानपूर्वक, दिल, क्षमताका साथ काम बताए। जागिर खाने लोभले जनता र पार्टीले विरोध गर्दागर्दै नकाम गरेर यही टाँसिएर बस्न चाहें आफू चक्रव्यूहमा सकिने बताए। उनले सरकारको एउटा सदस्यको हिसाबले यसको श्रेय र आलोचनाको भागीदार आफू पनि हुने बताए। उनले सरकारबाट भएका कमीकमजोरीलाई लुकाउन नहुने बताए। उनले सरकारको काम मूल्यांकन गर्ने पार्टीको त्यो ‘प्लेटफर्म’ कमजोर हुँदै गएकाले जनतासंँग हाम्रो सञ्चार कमजोर भएको बताए।



लोकपाटी न्यूज

