तुलसीपुर, ५ असार। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बिजौरी, मानपुर र डुरुवा इञ्चार्ज मदन केसी पक्राउ परेका छन्।
प्रहरीले उनलाई दाङको बिजौरीबाट पक्राउ गरेको हो। उनलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
केहीअघि तुलसीपुरको ग्वारखोलामा जेसिबीमा आगजनी भएको थियो। सो घटनामा केसीको हात रहेको आशंकामा उनलाई पक्राउ गरिएको हो।



लोकपाटी न्यूज

