भारतमा एकैदिन १३ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

Corona virus (Covid-19)
लोकपाटी न्यूज

काठमाडौं, ५ असार। आज भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना संक्रमित भएको विवरण सार्वजनिक भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना संक्रमित भएका छन्।

त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३३६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको संख्या ३ लाख ८० हजार ५३२ पुगेको मन्त्रालयको तथ्यांक छ ।

ती कुल सङ्क्रमित मध्ये एक लाख ६३ हजार २४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु दुई लाख चार हजार ७११ जना सङ्क्रमणमुक्त भएका छन्। एजेन्सी