ट्रम्पको चुनावी अभियानको विज्ञापन फेसबुकले हटायो

facebook_logo
लोकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानको विज्ञापन सामाजिक सञ्जाल फेसबुकले हटाएको छ। चुनावी अभियानका लागि बनाइएको फेसबुक ग्रुपमा अस्वभाविक पोष्ट गरिएको भन्दै त्यस्ता पोष्ट र विज्ञापन फेसबुकले हटाएको हो।

फेसबुकले आफ्नो विज्ञापन नीतिलाई ट्रम्पको चुनावी अभियानका लागि बनाइएको फेसबुक ग्रुपले उल्लंघन गरेको भन्दै एक्शन लिइएको बताएको छ। फेसबुकका प्रवक्ता एण्डी स्टोनले ट्रम्पको चुनावी अभियानले संगठित रुपमा घृणा फैलाएकाले एक्शन लिइएको जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ। ट्रम्प दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्। ट्रम्पलाई चुनावमा सहयोग गर्ने उद्देश्यले बनाइएको समूहले संगठित रुपमा घृणा फैलाउने पोस्ट गरेको फेसबुकले जनाइको छ।

फेसबुक ग्रुपमा एन्टीफा नामको एक आतंकवादी समूहको प्रतिक चिन्हका रुपमा रहेको उल्टो त्रिभुज पोस्ट गरिएको थियो। फेसबुकले कुनै पनि संगठित घृणा फैलाउने कार्य आफ्नो नीतिविरुद्ध रहेको जनाएको छ।