निर्मल पौडेल/ पर्वत, ५ असार । जिल्ला अस्पताल पर्वतका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ। अस्पतालका प्रमूख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ देखिएको हो।
काठमाडौंको टेकु स्थित प्रयोशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए। योसंगै पर्वत जिल्ला अस्पतालको ओपिडि सेवा बन्द गरिएको छ। इमेरजेन्सी सेवा भने निरन्तर सञ्चालन हु्ुने डा. देवकोटाले जानकारी दिए।
जिल्लाको कोरोना संक्रमणको व्यवस्थापन थप चुनौतीपूर्ण बनेकोले सवै जिल्लाबासीहरुलाई सतर्कतासँगै सावधानी अपनाउन पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द गिरी पहाडीले आग्रह गरे। स्वास्थकर्मीहरुमा संक्रमण देखिएको खवरले नआत्तिनु हुन र सवैलाई धैर्यतापूर्वक आ आफनो घरमा बस्नु हुन अध्यक्ष पहाडीले अनुरोध गरेका छन्।



लोकपाटी न्यूज

