बेइजिङ। चिनियाँ विदेश मन्त्रालयले सीमाको वर्तमान अवस्था स्थिर र नियन्त्रणमा रहेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयले दुवै पक्ष जतिसक्दो चाँडो विवादित विषय समाधान गर्न तयार रहेको बताएको छ।
लद्दाखको गलवान भ्यालीमा भारतीय र चिनियाँ सेनाबीच सोमबार राति भएको हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। भारतीय सेनाको मृत्यु पछि सीमामा स्थिति तनावपूर्ण भएको बताइएको थियो। यसअघि पनि चिनियाँ विदेश मन्त्रालयले भारतले सीमा रेखा सहमति उल्लंघन गरेकोले उक्त हिंसाको जिम्मा चीनले नलिने बताएको थियो। बुधबार साँझ भारत र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन संवाद भएको थियो । उक्त संवादमा आ-आफ्नो धारणा राखेको र वार्तामार्फत समस्या समाधान गर्ने सहमति गरेका थिए।
‘भारतको फ्रन्टलाइन सैनिकले सहमति तोडेर वास्तविक नियन्त्रण सीमा रेखा पार गरेर जानाजान चिनियाँ सैनिक र अधिकारीमाथि हमला गरेपछि हिंस्रक झडप सुरु भएपछि हताहत भएको थियो,; चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले भनिन्, “भारतले अहिलेको अवस्था गलत सुझाव नदिन आग्रह गर्दछु। चीनलाई आफ्नो क्षेत्रीय सम्प्रभुताको रक्षाका लागि देखाउने इच्छाशक्ति कमजोर छ भन्ने नठान्न पनि आग्रह गर्दछु ।’



लोकपाटी न्यूज

