नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, ४ असार। कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। बुधबार मृत्यु भएकी कैलालीकी महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

भेरी अस्पतालले आफ्नो आधिकारीक फेुसबुक पेजमार्फत् थप एकजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गहन किसिमको टाउकोको चोटको उपचारको क्रममा असार ३ गते मृत्यु भएकी कैलालीका एक महिलामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जानकारी दिएको हो।

पीसीआर परीक्षणको नतिजा भने आज आएको र रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। ती महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारिक जानकारी दिएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्