काठमाडौं, ३ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक शान्ति चाहने तर कसैले उक्साए उचित जवाफ दिन सक्षम रहेको बताएका छन्। लद्दाखको गलवान उपत्यकामा आफ्ना २० सैनिकको ज्यान जाने गरी चिनियाँ सेनासँग भएको झडपबारे बल्ल भारतीय प्रधानमन्त्री मोदीले मुख खोलेका हुन्।
१५ राज्यका मूख्यमन्त्रीसँग भर्चुअल बैठकको शुरुवातमा यस विषयमा बोल्दै मोदीले सैनिकहरुको बलिदान खेर नजाने बताए। उनले मृत सैनिकप्रति श्रद्धाञ्जली दिँदै आफ्ना सैनिक मार्दामार्दै मरेको बताएका छन्। सो बैठकमा गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहको पनि उपस्थित रहेको थियो।
मोदीले भनेका छन्, ‘म देशलाई आश्वस्त पार्न चाहन्छु जवानहरुको बलिदान खेर जाने छैन, म यो कुरामा पूरै देशलाई आश्वस्त पार्न चाहन्छु,’ उनले भने, ‘हाम्रा लागि मुलुकको एकता र सार्वभौमिकता सबैभन्दा महत्वपूर्ण छ।’



लोकपाटी न्यूज

