काठमाडौं, ३ असार। नेपालमा थप ५८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका अनुसार ४० जना महिलामा र ५ सय ४६ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो। डा. गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उदयपुरका ४ जना पुरष र सिराहाका एकजना पुररुषमा संक्रमण पुष्टि भएको छ।
यस्तै प्रादेशिक जनस्वास्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ९ जना पुरुष र झापामा २ जना पुरुष, प्रादेशिक जनस्वास्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ४ जना पुरुष, महोत्तरीका एकजना महिला र ४ जना पुरुष, बाराका एकजना महिला र ६ जना पुरुष र रौतहटका ११ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा महोत्तरीका ६ जना पुरुष, राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २ जना महिला र८ जना पुरुष, महोत्तरीका ६ जना महिला र १ सय ८३ जना पुरुष, रौतहटका ५ जना महिला र ३४ जना पुरुष, रुपन्देहीका ३ जना पुरुष, सर्लाहीका ३ जना महिला, ३ जना पुरुष र प्युठानका १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २ जना महिला र २० जना पुरुष, रौतहटका ४ जना महिला र ७३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै त्रिवि शिक्षण अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा कैलालीका एक पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पर्वतकी एक महिला र २ जना पुरुष, नवलपरासी पूर्वका १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ जना महिला र २४ जना पुरुष, प्युठानका एकजना महिला र १९ जना पुरुष, रुपन्देहीका २ महिला र २ जना पुरुष, अर्घाखाँचीका १ जना महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
त्यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेकी एक महिला, बर्दियाका एक महिला र ३० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङकी एकजना महिला र ७ जना पुरुष, सल्यानका ३ जना महिला र ३४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
यसैगरी प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २ जना पुरुष र दैलेखका २ जना पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटका २ जना महिला र १२ जना पुरुष, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरकी एक महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए। प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ। नेपालमा कोरोना संक्रमणका कारण बुधबारसम्म २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।



लोकपाटी न्यूज

