ताप्लेजुङमा पहिरोले स्कूलनै बगायो

pahiro pic
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

ताप्लेजुङ, ३ असार। ताप्लेजुङको रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ। फक्ताङलुङ गाउँपालिका ४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको हो।

मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो। पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमासमेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए। पहिरोले पारेको क्षतिको विस्तृत वितरण भने आउन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्