बुटवल, ३ असार । अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका एक पुरुषले आत्महत्या गरेका छन्। शितगंगा नगरपालिका ५ हरि माविको क्वारेन्टाइनमा बसेका ४४ वर्षीय देवबहादुर विकले मंगलबार राति आत्महत्या गरेका हुन्।
उनले साथीहरु निदाएपछि विद्यालय नजिक रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनी अन्य दुईजना साथीसँगै एउटै कोठामा बसेका थिए। उनी जेठ १० गते भारतबाट आएर वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा बस्दै आएका थिए।
विकको गत जेठ २३ गते आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि स्वाबको नमूना संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो। मृतकको पीसीआरको रिपोर्ट भने आउन बाँकी छ।



लोकपाटी न्यूज

