मूख्यमन्त्री गुरुङद्वारा कोरोना उपचार केन्द्र आइसोलेसनको स्थलगत अनुगमन

anugaman
लोकपाटी न्यूज

स्याङ्जा, २ असार। गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वि सुब्वा गुरुङले स्याङ्जा जिल्लाका स्थानीय तहहरुको कोरोना उपचार केन्द्र आइसोलेसन सेण्टरहरुको स्थलगत अनुगमन गरेका छन्। मूख्यमन्त्री सुब्बा स्याङ्जा जिल्ला अनुगमनमा निस्किएका नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे पारसले जानकारी दिए।

आजनै मूख्यमन्त्रिले स्याङ्जाका स्थानीय स्तरका विभिन्न क्वारेन्टाइन,हेल्पडेक्स,सुरक्षा डेक्स अनुगमन र निरिक्षण गरेका थिए। मूख्यमन्त्रिसहित,मुख्य सचिव, जिल्लाका सबै माननीयहरु, जिल्ला ccmc टिमसहित स्याङ्जा जिल्ला भिजिट गरेका थिए।

जिल्लाका ३ वटै स्थानका आइसुलेसनको निरिक्षण गर्नुका साथै राम्दी नाकामा प्रहरी चौकी स्थापना, आइसुलेसनको सम्पूर्ण खर्च प्रदेश सरकारले जिम्मा लिने र राम्दीपुल नयाँ निर्माणमा संघ सरकारसँग पहल गरेर आगामी वर्षमा बजेट विनियोजनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। स्याङ्जामा हालसम्म कोरोना सक्रंमणको सख्या ६४ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्