अस्मिना पाण्डे/ बुटवल, १ असार। प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ वजेट सार्वजनिक गरेको छ। आर्थिक ममिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका मूख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट सोमबार सार्वजनिक गर्दै चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको बताए।
त्यस्तै वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट छ। सरकारले ल्याएको बजेट कोरोना केन्द्रीत छ। सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकासतर्फ सार्वजनिक गरेको छ। त्यसमा १५ अर्ब २ करोड रुपैयाँ बजेट छ। १६ सडक निर्माणलाई निरन्तर, सडक पुल निर्माणतर्फ १ अर्ब ४३ करोड, एक घर एक धारा निर्माणका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा सबै जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने गरी बजेट विनियोजन भएको छ। सामाजिक विकासका लागि ५ अर्ब ६७ करोड छ। कोभिड–१९ नियन्त्रण तथा भैपरी आउने खर्चका लागि १ अर्ब बजेट विनियोजन भएको छ। कोभिड–१९ का कारण बेरोजगार बनेका युवालाई रोजगार दिने एवं हुन सक्ने खाद्य संकट व्यवस्थापनका लागि उत्पादनमूखि कार्यक्रम विस्तार गर्न भूमि व्यवस्था कृषि तथा सहकारीतर्फ ४ अर्ब ८६ करोड ३५ लाख बजेट छ।
मूख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्दै विशेष अनुदानतर्फ १ अर्ब रुपैयाँ रकम छ। उद्योग, पर्यटन वन तथा वातावरण क्षेत्रका लागि २ अर्ब ३ करोड बजेट विनियोजन भएको छ। सरकारले ल्याएका अधिकांश कार्यक्रम र बजेट कोभिड–१९ को असर न्यूनीकरण र रोजगार केन्द्रित रहेका छन्। प्रदेश नम्बर ५ मा यसै
– आर्थिक वर्षमा रासायनिक मल र कागज कारखानाको स्थापना हुने ।
– विदेशबाट फर्केका युवालाई कृषिमा लगाउन ५१ करोड १४ लाख ।
– प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालकारुपमा स्तर उन्नती गर्ने घोषणा ।
– प्रदेश ५ को आर्थिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा सीमित हुने अनुमान ।
वजेटको पूर्णपाठ
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2020/06/बजेट-७७-२-३२-गते-साँझ-८-बजे.pdf” download=”all”]



लोकपाटी न्यूज

