सुदर्शन र पूजाले कोरोनाको कथामा फिल्म बनाउँदै

picccc n
लोकपाटी न्यूज

काठमाडौं। विश्वभर भयावह रुप लिएको कोरोना भाइरसको कथामा प्रेमकथा गाँसेर फिल्म निर्माण गर्ने भएका छन्। नेपाल सरकारले जारी गरेको बन्दाबन्दी खुलेपछि अनटाइटल प्रोजेक्टको छायांकन सुरु हुने बताइएको छ। यो फिल्मका लागि निर्देशक थापा र अभिनेत्री शर्माले नयाँ अनुहार अर्थात् अभिनेता खोजेका छन्। अडिसनको माध्यमबाट फिल्मका लागि अभिनेता छानिने निर्देशक थापाले जानकारी दिए।

बन्दाबन्दी खुलेपछि अभिनेताका लागि अडिसन आह्वान गरिनेछ। फिल्म ‘मधुमास’ बाट सुरु भएको सुदर्शन र पूजाको सहकार्य अहिलेसम्म टुटेको छैन। फिल्म ‘प्रेमगीत’ को सफलतापछि यी दुईको सहकार्यको गाँठो झन् कसिलो बन्यो। पछिल्लो केही वर्षयता उनीहरुले फिल्म निर्माण पनि मिलेर गरिरहेका छन्। यी दुईलाई एकअर्काको साथ फलदायक बनेको देखिन्छ। यसकारण पनि फिल्मवृतमा उनीहरु प्रेममा रहेको चर्चा चल्ने गर्दछ ।

सुदर्शन थापा निर्देशित तथा पूजा शर्मा अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको पखाईमा छ। यो फिल्म गत वर्षको फागुन अन्तिममा प्रदर्शन हुँदै थियो । तर, कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेपछि फिल्मको प्रदर्शन रोकियो। अब यो फिल्म दशैंपछि मात्र प्रदर्शन हुने देखिएको छ। फिल्ममा अभिनेत्री पूजाले अभिनेता पल शाहसँग रोमान्स गरेकी छिन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्