वीरगञ्ज, १ असार। पर्सामा थप १० जनालाई कोरोना देखिएको छ। तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। गण्डक कोभिड अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जना महिलासहित १० जनामा संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण देखिनेमा विन्दवासिनी गाउँपालिका ४ का २६, ३६, ३९ र ५६ वर्षका पुरुष, वडा नम्बर ३ का ३२ वर्षीया एक महिलासहित ३२ र ४० वर्षीय पुरुष, वडा नम्बर २ का ४३ वर्षीय दुई जना पुरुष गरी कुल ९ जना र एक जना पटेर्वा सुगौली २ का ४१ वर्षीय पुरुष रहेका छन्।
विन्दवासिनी गाउँपालिकाका ४३ र ३९ वर्षीय दुई जना स्वास्थ्य सहायक प्रमूख र एक जना अमरपट्टीस्वास्थ्य चौकीका ५६ वर्षीय सिनियर अहेबमा कोरोना देखिएको गाउँपालिकाले जनाएको छ।



लोकपाटी न्यूज

