आजदेखि रेडियो र टेलिभिजनबाटै पढाइ सुरु, कुन समयमा कति कक्षाको पढाइ? हेर्नुहोस् तालिका

radio 01
लोकपाटी न्यूज

काठमाडौं, १ असार। लकडाउनका कारण सरकारले रोकिएको पठपाठनलाई सोमबारदेखि अनलाइन, रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको छ। अनलाइन कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई लक्षित गर्दै रेडियो र टेलिभिजनबाट समेत पढाउन सुरु गरिएको हो। सबै विद्यार्थीलाई समेट्ने गरी रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको हो।

शिक्षा मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले १ देखि कक्षा आठसम्मको पढाइ सञ्चालन हुने तालिका सार्वजनिक गरेको छ। विकास केन्द्रका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट पढाइने छ।

यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कूल एजुकेसन च्यानलबाट प्रसारण हुने उल्लेख छ। कक्षा ९ र १० का विद्यार्थीहरुले आवश्यक अध्ययन सामग्री केन्द्रको युट्युव च्यानल मार्फत अनुकूलता अनुसार हेर्न समेत सक्नेछन्।

जेठ २८ गतेदेखि काठमाडौँ महानगरपालिको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम ९४.६ मा हरेक दिन बिहान ९ देखि साँझ ५ः३० बजेसम्म कक्षा १ देखि १० सम्मका विभिन्न विषयको कक्षा सञ्चालन भइरहेको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सँगको सहकार्यमा जनता टेलिभिजन, योहो टेलिभिजन, टीभी टुडे लगायतका टेलिभिजनबाट समेत नियमित कक्षाहरु सञ्चालन भइरहेका छन्।

1111111

2

3

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्