सरिता गिरीको सांसद पद धरापमा, पार्टीबाट पनि हटाउने तयारी

लोकपाटी न्यूज

काठमाडौं, १ असारःसमाजवादी पार्टीले साँसद सरिता गिरीलाई पार्टी र साँसद दुबै पदबाट हटाउने भएको छ। पार्टीको ह्विप विपरित नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी उनलाई दुवै पदबाट हटाउन लागिएको समाजवादी पार्टी एक नेताले बताए।

पार्टीको निर्णय विरुद्ध संसदमा विधेयक प्रस्तुत गरेको, पार्टीले विधेयक फिर्ता लिन दिएको निर्देशन अटेर गरेकोले उनि स्वत कारबाहीमा पर्ने त्यी नेताले बताए।उनलाई पार्टीको निर्णय मान्न सम्झाउदा पनि उनले अटेर गरेको उनको भनाइ थियो। अहिले पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले  नेता काठमाडौं फर्कनासाथ पार्टीको साधाराण सदस्याट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी उनलाई गराइने उनले बताएका छन्। समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन्।