परासी, ३२ जेठ। नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियो गाडी दुर्घटना भएको हो।
गाउँपालिका अध्यक्ष शर्मा सवार गाडी पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्छ्मी नगरको पुलमा ठोक्किएर खोलामा खसेको थियो।
गाउँपालिका अधयक्ष शर्माको चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गाडाीका चालक घाइते भएको प्रहरीले जनाएको छ।



लोकपाटी न्यूज