विष्णु रिजाल
हिजो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा बोल्दा ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्नुको आधार छ।
१. हालसम्म प्राप्त विवरणहरु अनुसार नेपाली भूमि कालापानीमा भारतीय सेना सन् १९६२ मा बसेको हो, जतिबेला सैनिक ‘कु’ मार्फत प्रजातन्त्रको हत्या गरेर राजा महेन्द्रले सक्रिय शासन आरम्भ गरेका थिए। तथ्य–प्रमाण नपाइए पनि त्यतिबेलाका हर्ताकर्ता (विश्वबन्धु थापालगायत) ले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले केही समयका लागि बस्न राजा महेन्द्रसँग अनुमति मागेको उल्लेख गरेका छन्। सन् १९६९ मा नेपालको उत्तरी सीमामा रहेका भारतका १७ वटा सैनिक चेक पोस्ट हटाउँदा पनि कालापानीबाट भारतीय सेना फिर्ता नपठाइएको यथार्थ हो, कुनै आरोप होइन।
२. वीरेन्द्र राजा भएका बेला सन् १९७५ (२०३२) मा नेपालले पहिलो पटक आफ्नो नक्सा आफैँ जारी गर्दा लिम्पियाधुरा राखिएन, जसका कारण त्यसमाथिको हाम्रो अधिकार छाडेको रुपमा भारतले बुझ्यो र निर्वाध ढंगले हाम्रो भूमि उपभोग गरेको यथार्थ हो, कुनै राजालाई आरोप लगाएको होइन ।
यी माथिको दुई तथ्यका आधारमा अध्यक्ष प्रचण्डले संसद्मा बोल्दा आपत्ति जनाउनुपर्ने कारण के छ र ? हिजो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा बोल्दा ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्नुको आधार छ ।
१. हालसम्म प्राप्त विवरणहरु अनुसार नेपाली भूमि कालापानीमा भारतीय सेना सन् १९६२ मा बसेको हो, जतिबेला सैनिक ‘कु’ मार्फत प्रजातन्त्रको हत्या गरेर राजा महेन्द्रले सक्रिय शासन आरम्भ गरेका थिए । तथ्य–प्रमाण नपाइए पनि त्यतिबेलाका हर्ताकर्ता (विश्वबन्धु थापालगायत) ले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले केही समयका लागि बस्न राजा महेन्द्रसँग अनुमति मागेको उल्लेख गरेका छन् । सन् १९६९ मा नेपालको उत्तरी सीमामा रहेका भारतका १७ वटा सैनिक चेक पोस्ट हटाउँदा पनि कालापानीबाट भारतीय सेना फिर्ता नपठाइएको यथार्थ हो, कुनै आरोप होइन ।
२. वीरेन्द्र राजा भएका बेला सन् १९७५ (२०३२) मा नेपालले पहिलो पटक आफ्नो नक्सा आफैँ जारी गर्दा लिम्पियाधुरा राखिएन, जसका कारण त्यसमाथिको हाम्रो अधिकार छाडेको रुपमा भारतले बुझ्यो र निर्वाध ढंगले हाम्रो भूमि उपभोग गरेको यथार्थ हो, कुनै राजालाई आरोप लगाएको होइन। यी माथिको दुई तथ्यका आधारमा अध्यक्ष प्रचण्डले संसद्मा बोल्दा आपत्ति जनाउनुपर्ने कारण के छ र ?



लोकपाटी न्यूज

