काठमाडौं, ३२ जेठः पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित ढकालबारीमा थप एक शव फेला परेको छ। यो संगै शनिबार राति गएको पहिरोमा परि मृत्यु हनेको संख्या ६ पुगेको हो। अन्य ३ अझ वेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार पहिरोमा पुरिएर कुश्मा-३ का ५८ वर्षीय तुलबहादुर थापा, ५८ वर्षीय पत्नी मीनकुमारी थापा र नातिनी बिबिसा थापा, ३० वर्षीय डिरपा थापा, २६ वर्षीय कमला बिक र ८ वर्षीय प्रमिशा बिकको मृत्यु भएको छ। वेपत्ताहरुको खोजी जारी रहेको पनि उनले जानकारी दिए।
शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा उनीहरु पुरिएका थिए। पहिरो पुरिएकाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धार गरिरहेको छ।



लोकपाटी न्यूज
