काठमाडौं, ३२ जेठः इण्डियाको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको अनुसार गत २४ घण्टामा कोभिड-१९ का ११,९२९ संक्रमीत फेला परेको छन्। यस बाहेक ३११ व्यक्ति यो समयमा भाइरसका कारण मरेका छन्।
यी नयाँ तथ्यांकका साथ इण्डियामा कोरोना भाइरस संक्रमणको जम्मा ३,२०,९२२ पुगेको छ, जसमा १,४९, ३४८ सक्रिय केसहरू छन्।इण्डियामा १.६२ लाख भन्दा बढी मानिसहरू भने यस रोगबाट मुक्त भएका छन्। कोभिड-१९ रोगले इण्डियामा हालसम्म ९१९५ जनालाई मारेका छन्।



लोकपाटी न्यूज

