‘संविधान संशोधनसँगै एउटा कोर्स पूरा भो, अब भारतसँग वार्ता हुन्छ, अभूतपूर्व एकता देखिएको छ ’

kp sharma oli
लोकपाटी न्यूज

काठमाडौं, ३१ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनसँगै एउटा कोर्स पूरा भएको प्रतिक्रिया दिएका छन्। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको निशानछान समावेश गरी सर्वसम्मतले संविधान संशोधन भएपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री ओलीले अब भारतसँग वार्ता हुने बताएका छन्। संविधान संशोधनमा अभूतपूर्व एकता देखिएको भन्दै उनले खुसी व्यक्त गरे। प्रतिनिधिसभामा उपस्थित २५८ सांसदद्वारा सर्वसम्मतले संविधान संशोधनका पक्षमा मतदान गरेका थिए।

प्रधानमन्त्रीले संसद्बाट बाहिरिँदै भने, ‘एउटा कोर्स पूरा भो, अब वार्ता हुन्छ। अभूतपूर्व एकता देखिएको छ।’
संसदले सर्वसम्मतद्वारा शनिबार साँझ संविधान संशोधन प्रस्ताव पारित गरेको हो।